ललितपुर—ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कुपण्डोलमा स्थापना भएको प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिकको उद्घाटन गरेका छन् । शुक्रबार साँझ मेयर महर्जनले एक कार्यक्रममाझ उक्त अत्याधुनिक मल्टीस्पेसियालिटी क्लिनिकको रिबन काटेर उद्घाटन गरेका हुन् ।
क्लिनिक उद्घाटन समारोहमा मन्तव्य राख्दैं उनले मल्टीस्पेसियालिटी सानो अस्पतालकै रुपमा रहेको बताए । ‘प्यासिफिक क्लिनिकभन्दा पनि सानो हस्पिटलजस्तो छ । यस्तो राम्रो कामको सुरुवात गर्नुभएको प्यासिफिक क्लिनिकको म्यानेजमेन्ट टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु,’ उनले भने, ‘यहाँको कुनै पनि काममा ललितपुर महानगरपालिकाको सदैव सहयोग रहनेछ ।’ उनले महानगरसँग सहकार्यको प्रस्ताव गर्दै सहकार्यका क्षेत्रहरु खोजेर सँगै अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा क्लिनिकका प्रबन्ध निर्देशक डा. काजन रानाभाटले एक छानामुनि सबै विशेषज्ञ सेवाहरु दिने उद्देश्यका साथ क्लिनिक स्थापा गरिएको बताए । ‘हामीले एकै छानामुनि सम्पूर्ण विशेषज्ञ सेवा दिने उद्देश्यले क्लिनिक स्थापना गरेका हौं,’ उनले भने, ‘अहिले क्लिनिकमा ३० जना विशेषज्ञ चिकित्सकहरु हुनुहुन्छ ।’ उनले क्लिनिकको उद्देश्य नसर्ने रोगहरुमा रहेको उल्लेख गर्दै प्रिवेन्सका क्षेत्रमा बढी केन्द्रीत हुने जानकारी दिए ।
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/09/chiribabu.jpg)
डा. काजनले ललितपुरको सहयोग सधैं अपेक्षित रहेको बताउँदैं मेयर महर्जनको बचनले आफूहरुमा उत्साह थपेको बताए ।
३९ वर्षीय इन्टरभेन्स न्युरो रेडियोलोजिष्ट डा. काजनसहित ६ जनाको टिमले कुपण्डोलको मुल सडकमा उक्त क्लिनिक सञ्चालनमा ल्याएको हो । ४ तलाको १३ हजार स्क्वायर फिटको भवन भाडामा लिएर सञ्चालनमा ल्याइएको उक्त क्लिनिकमा ५ करोड बढी लगानी भएको छ ।
‘बिरामीले खोज्ने र चाहेको सबै खालका गुणस्तरीय सेवा, पारिवारिक वातावरणमा, सुलभ शुल्कले दिने उद्देश्यका साथ हामीले क्लिनिक सुरु गरेका हौँ,’ डा. काजन भन्छन्, ‘बिरामीलाई अस्पताल गएकोजस्तो अनुभूति नहोस् । पारिवारिक, शान्त वातावरण र प्यासीफाइड अनुभव दिउ भन्ने हिसाबले प्यासिफिक नाम दिएका हौं ।’
सबै विशेषज्ञ सेवाका ओपीडीहरु, फिजियोथेरापीका सम्पूर्ण सेवा, अर्थोपेडिक्स, होमकेयर सेवा, डेन्टल सेवा क्लिनिकमा सञ्चालनमा छन् । डे केयरमा हुने इमर्जेन्सीको सुविधा पनि प्यासिफिक क्लिनिकले उपलब्ध गराइरहेको छ । डाइग्नोष्टिकतर्फ प्याथालोजी ल्याब, इमेजिङ सेवा (एक्सरे र अल्ट्रासाउण्ड)सेवा पनि क्लिनिकमा छन् ।
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/09/pacific-2.jpg)
यो पनि पढ्नुस्