२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२७ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु

२२७ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं–नेपालमा थप २ सय २७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २७ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८३ हजार ९ सय ४९ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यसैसँगै नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ