काठमाडौं—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ । आइतबार प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो ।
प्रतिष्ठानले करार सेवामा उक्त जनशक्ति लिन लागेको हो । जसमा ९ औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८ औं तह आयुर्वेद चिकित्सक १ जना, ७ औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन् ।
यस्तै, पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदहरुमा विज्ञापन खुलाइएको छ ।
उक्त पदहरुका लागि २३ भदौसम्म आवेदन दिन सकिनेछ ।
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/09/304946378_1062167757827632_3332993403080947731_n.jpg)