२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त चित्र नभए सरकारले नष्ट गर्नुपर्छ’

‘सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त चित्र नभए सरकारले नष्ट गर्नुपर्छ’


काठमाडौं–सूर्तिजन्य पदार्थीको खोल तथा ¥यापर्समा ९० प्रतिशतभन्दा कम चेतावनीमूलक चित्र तथा सन्देश भए सरकारले जुनसुकै बेला जफत गरी नष्ट गर्न सक्ने भएको छ । सर्वोच्चले सरकारका नाममा परमादेश दिएसँगै मापदण्ड नपुगेका सूर्तिजन्य पदार्थ जफत गरी नष्ट गर्न सरकारलाई बाध्यकारी व्यवस्था भएको सरोकारवालाले बताएका छन् ।

आइतबार सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी नियमावलीअनुसार सूर्ति उद्योगले ९० प्रतिशत चेतावनीमूलक चित्र नछापेको भन्दै सर्वोच्चमा रिट दायर गर्ने एक्सन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै कानुनविदले सो कुरा बताएका हुन् ।

‘९० प्रतिशत चित्र छाप्न परमादेश दिएको छ,’ एक्सन नेपालको तर्फबाट रिट दायर गरेका अधिवक्ता रामचन्द्र शर्मा भन्छन्, ‘८ वर्ष लगाएर भएपनि जनस्वास्थ्यको पक्षमा अदालतले आदेश दिएको छ, सरकारले तत्काल पालना गर्नुपर्छ ।’

सर्वोच्चले सूर्तिजन्य पदार्थको बट्टा, ¥यापर्स, प्याकेट, पेटी, पार्सल प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न र छाप्न लगाउन स्वास्थ्य मन्त्रालय समेतका नाममा परमादेश दिएको हो ।

सरकारले वि.सं. २०७२ सालमानै सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी नियमावलीमा संसोधन गरी सो व्यवस्था गरेतापनि नेपालमा सबैभन्दा बढी चुरोट विक्री गर्ने सुर्य नेपाल आफ्ना उत्पादनका सूर्तिहरुमा ७५ प्रतिशत मात्र चित्र छाप्दै आएको छ । सर्वोच्चको फैसलासँगै अबदेखि बजारमा भएका र ९० प्रतिशत चेतावनीमूलक सन्देश नभएका सूर्तिजन्य पदार्थ अवैध हुने शर्माले बताए ।

८ वर्षअघि पर्फेक्ट ब्लेन्ड्स प्रालिले ९० प्रतिशत चेतावनीमूलक छाप्ने निर्देशिका खारेज गर्दै ७५ प्रतिशतमै सिमित राख्न अदालतमा रिट दायर गरेको थियो । सो रिटलाई पनि सर्वोच्चले खारेजी गरिदिएको छ । ‘अदालतले गरेको फैसला मलाई थाहा छैन वा मैले सुनिन भन्न पाइँदैन्,’ अधिवक्ता शर्माले भने, ‘अब सबैले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नैपर्छ ।’

विश्वभरी नै सूर्तिजन्य पदार्थको सेवनमा कमी ल्याउनका लागि यसको बट्टामा सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने देखाउन चेतावनीमूलक चित्र राख्ने प्रावधान भएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । चन्दका अनुसार नेपालमा सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययनअनुसार ७५ प्रतिशत चेतावनीमूलक चित्र छाप्दा र चित्र नै नभएको बट्टा आउँदा सेवनकर्ताले सेवन गर्ने मात्रा फरक आएको जानकारी दिए ।

‘९ जिल्लामा २ हजार २५० जना मानिसमा गरिएको सर्वेक्षणमा चेतावनीमूलक चित्र छापिँदा ५५ प्रतिशतसम्म चुरोट सेवन गर्ने घटेको देखाए थियो,’ उनले भने, ‘सो अध्ययनअनुसार जति ठूलो चित्र त्यति नै धेरै प्रभाव देखिएको थियो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ