२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२०६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३ जनाको मृत्यु

२०६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप २ सय ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय ९८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८२ हजार ७ सय ६४ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ