२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डीको व्यवस्थापनमा डा. महतो र डा. रुपज्योतिको इन्ट्री, डा. चक्रराज पाण्डे बाहिरै

ग्राण्डीको व्यवस्थापनमा डा. महतो र डा. रुपज्योतिको इन्ट्री, डा. चक्रराज पाण्डे बाहिरै

अध्यक्षमा पुनः इन्जिनियर दीपक कुँवर सर्वसम्मत


काठमाडौं—नेपालको कर्पोरेट हेल्थ सेक्टरमा बेच्नमार्क खडा गर्न भनेर खोलिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नयाँ संचालक समिति गठन भएको छ । ग्राण्डीको १० औं साधारणसभाबाट नयाँ संचालक समिति बनेसँगै डा. उपेन्द्र महतो र डा. रुपज्योतिको आन्तरिक व्यवस्थापनमा औपचारिक रुपमै इन्ट्री भएको छ ।

यसअघि ग्राण्डी अस्पताल प्रमुख दुई लगानीकर्ता डा. उपेन्द्र महतो र डा. रुपज्योति बाहिर रहेर सञ्चालन भइरहेको थियो । २५/२५ प्रतिशत शेयर भएका डा. रुपज्योति र डा. उपेन्द्र महतो बाहिरै रहेर अस्पतालमा सञ्चालन हुँदा बेला—बेलामा ग्राण्डीको व्यवस्थापनमा समस्या रहँदैं आएका थिए । तर, १० औं साधारणसभाबाट दुवै जना प्रमुख लगानीकर्ताको ग्राण्डीको आन्तरिक व्यवस्थापन इन्ट्री भएको छ ।

६ सदस्सीय सञ्चालक समितिमा डा. रुपज्योतिको तर्फबाट प्रतिनिधीका रुपमा डा. सुनिलराम वैद्य र मीरा अधिकारी ग्राण्डीको नयाँ सञ्चालक समितिमा सदस्यका रुपमा भित्रिएका छन् । यसैगरी, डा. उपेन्द्र महतोको प्रतिनिधीका रुपमा पंकज बाँस्कोटा र फुर्वा दोर्जे लामा सञ्चालक समितिमा निर्वाचित भएका छन् । यस्तै, सञ्चालक समितिमा विजय राजभण्डारी पनि छन् । ‘डा. महतो र हाम्रो तर्फबाट सञ्चालक समितिमा दुई—दुई जना प्रतिनिधी पठाएका छौं,’ डा. रुपज्योतिले हेल्थआवाजसँग भने, डा. पाण्डे (डा. चक्रराज पाण्डे) को तर्फबाट भने प्रतिनिधित्व भएको छैन ।’

यसैगरी, बिहीबार बसेको सञ्चालक समितिको बैठकले यसअघिको कार्यकालका अध्यक्ष इन्जिनियर दीपक कुँवरलाई नै पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । तर, नयाँ सञ्चालक समितिमा अस्पतालका परिकल्पनाकार समेत रहेका ग्राण्डीका पूर्व मेडिकल निर्देशक डा. चक्रराज पाण्डेको भने उपस्थिती रहेको छैन ।

१ हजार बढी कर्मचारी रहेको ग्राण्डीमा डा. पाण्डेको पनि झण्डै ७ प्रतिशत लगानी छ । सन् २०१३ मा सञ्चालनमा आएको ग्राण्डी अस्पतालमा २०० शैय्याको अस्पताल हो । ३२ रोपनी क्षेत्रफलमा जग्गामा फैलिएको ग्राण्डी अस्पताल १५ तले आलिशान भवनमा सञ्चालनमा छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १ सय २६ जनाको लगानी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ