२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेङ्गुको संक्रमण भयावह बन्दैं, १० जिल्लामा मात्रै २६०५ जनामा संक्रमण

डेङ्गुको संक्रमण भयावह बन्दैं, १० जिल्लामा मात्रै २६०५ जनामा संक्रमण


काठमाडौं—डेङ्गुको संक्रमण पछिल्लो समय भयावह बन्दैं गएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार बुधबारसम्म मुलुकभर डेङगुबाट संक्रमितको संख्या ३ हजार २ सय २७ पुगेको छ ।

डेङगुबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित बनेको छ । बागमती प्रदेशमा पछिल्ला ८ महिनामा २ हजार १ सय ८ जनामा डेङगु पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा ६ सय ७२, प्रदेश नं. १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४ जनमा डेङगु संक्रमण देखिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ७७, मधेश प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेङगु संक्रमण भएको छ ।

डेङगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाको ललितपुर प्रभावित भएको छ । ललितपुर जिल्लामा सन् २०२२ मा ११८० जनामा डेङगु पुष्टि भइसकेको छ । ललितपुरपछि काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची जिल्ला डेङ्गुबाट सबैभन्दा प्रभावित भएका १० जिल्ला हुन् ।

डेङ्गुबाट सबैभन्दा बढी प्रभावित १० जिल्ला


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ