२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानगरपालिकाका ‘वडा क्लिनिक’मा विशेषज्ञ चिकित्सक राख्ने बालेन प्रस्ताव

महानगरपालिकाका ‘वडा क्लिनिक’मा विशेषज्ञ चिकित्सक राख्ने बालेन प्रस्ताव


काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरका ३२ वटै वडामा विशेषज्ञ चिकित्सक राख्ने प्रस्ताव गरेका छन् । आइतबार काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका आठौं बैठकमा बालेनले पहिलो प्रस्तावका रुपमा उक्त कुरा पेश गरेका हुन् ।

बालेनले वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाअनुसार वडा क्लिनिकमा एमडिजीपी डाक्टर राख्ने प्रस्ताव गरेका हुन् । उनले वडा क्लिनिकमा नर्स पनि राख्ने प्रस्ताव बैठकमा पेश गरेका छन् ।

त्यसका लागि बालेनले ३२ वटै वडाका लागि ३२ एमडिजिपी डाक्टर र ३२ जना नर्स अस्थायी दरबन्दी स्वीकृत गरी करार सेवामा लिने प्रस्ताव पनि राखेका छन् ।

‘हरेक वडामा वडा क्लिनिक राख्ने र एमबीबीएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन भए मान्छेलाई सरसल्लाह लिन, उपचार गर्न र अर्ली डाइग्नोसिस हरेक वडामा गर्दा अस्पतालको चाप पनि घट्ने, मान्छे ठूलो रोगको शिकार हुनुपूर्व नै चेतनाका लागि आवश्यक छन्,’ मेयर बालेनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ