सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव

काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्रीय सरकारलाई प्रस्ताव गरेको छ । २ सय शैय्या रहेको सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्न प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पत्राचार गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशको प्रादेशिक रिफरल अस्पतालसमेत रहेको सो अस्पताललाई केन्द्रीय अस्पताल बनाइए सो प्रदेशमा तीन वटा केन्द्रिय अस्पताल रहनेछन् ।
हाल डडेलधुरा अस्पताल र प्रस्तावित गेटा मेडिकल कलेज अस्पताललाई केन्द्रीय अस्पताल मातहतमा नै राखिएको छ ।
सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।
‘तीन सय शैय्या स्तरोन्नती गर्ने प्रस्ताव आएको छ,’ उनले भने ‘छलफलकै चरणमा छ, निर्णय भइसकेको छैन ।’
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री
- ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता
- ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ७ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
तपाईको प्रतिक्रिया दिनुहोस