२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडोटीमा सुत्केरी हुँदा शिशुसहित स्वास्थ्यकर्मीको मृत्यु

डोटीमा सुत्केरी हुँदा शिशुसहित स्वास्थ्यकर्मीको मृत्यु


धनगढी-डोटीमा सुत्केरी भएकी शिशुसहित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ गिरिचौका बस्ने ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो। उनी पेशाले स्वास्थ्यकर्मी ९अनमी० हुन् ।

मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म उनलाई पुर्याइएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो ।

मृतकको ९ वर्षीय छोरा छन् । उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ