गृहपृष्ठ ∕ समाचार ∕ आँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार आँखा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १८:४३ मा प्रकाशित काठमाडौं—आँखाका उपचारका लागि महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका कैदी फरार भएका छन् । बुधबार ४ बजेदेखि सवा ४ बजेकोबीचमा ललितपुरस्थित नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका रामेछापका भोला बुढाथोकी फरार भएका हुन् । ‘उहाँको आँखामा केही बिझेकाले समस्या आएको थियो । पटक—पटक उपचार गर्नुपर्छ भनेकाले हामीले फ्लोअपका लागि लिएर गएका थियौं,’ नख्खु कारागारका प्रमुख सुवास लामिछानेले भने, ‘आज ४ देखि सवा चार बजेको बीचमा भागेको भन्ने खबर आएको छ ।’ उपचारका क्रममा एक हातमा मात्रै हत्कडी लगाएर भित्र पठाएको मौका छोपेर उनी फरार भएका थिए । कारागार प्रमुख लामिछानेकाअनुसार अहिले भोलाको खोजी कार्य जारी रहेको छ । २८ देखि ३० वर्ष उमेरका भोला कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका छन् । रामेछाप कारागारबाट उनलाई ०७२ सालमा नख्खु कारागारमा सारिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट