२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीपी प्रतिष्ठानले माग्यो ९९ स्टाफ नर्ससहित अन्य कर्मचारी

वीपी प्रतिष्ठानले माग्यो ९९ स्टाफ नर्ससहित अन्य कर्मचारी


काठमाडौँ – वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले कर्मचारी माग गरेको छ। सोमबार प्रतिष्ठानले एक सूचना जारी गर्दै ९९ स्टाफनर्स र एक जना ओभरसियर सहित एक सय जना थप कर्मचारी माग गरेको हो।

सूचनाअनुसार इमर्जेन्सी वार्ड , ३० बेड थप आइसियू र डायलाइसीस लगायतका वार्डहरु संचालन गर्न करार सेवामा कर्मचारी आवश्यक भएको र प्रतिष्ठानको इलेक्ट्रिकल इन्जिनियरिङतर्फ सुपरिवेक्षण कार्यका लाग रिक्त रहेको ओभरसियर पदमा कर्मचारी चाहिएको उल्लेख गरिएको छ ।

इच्छुकले विज्ञापन प्रकाशित मितिको १५ दिनभित्र आवेदन दिन भनिएको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ