२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ जना कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा, ६५ जनाको आईसीयुमा उपचार हुँदैं

२ जना कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा, ६५ जनाको आईसीयुमा उपचार हुँदैं


काठमाडौं-कोभिड-१९ बाट संक्रमित २ जना गम्भीर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती प्रदेशका अस्पतालमा २ जना गम्भीर कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ ।

यस्तै, ६५ जना कोभिड-१९ संक्रमितको देशका विभिन्न अस्पतालहरुमा उपचार जारी छ । पछिल्लो विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ५१ जना कोभिड संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।

यसैगरी, लुम्बिनी र प्रदेश नं. १ मा ५ ५ जना, गण्डकीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको आईसीयुमा उपचार जारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ