काठमाडौ–पछिल्लो समय कोभिड-१९ का कारण मृत्यु हुनेमा अघिकांश कोभिड-१९ विरुद्धको खोप नलगाएकाहरु रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का वरिष्ठ स्वास्थ्य प्रशासन डा. खगेश्वर गेलालकाअनुसार साउन १ गतेपछि कोभिडबाट मृत्यु भएकामध्ये ७६ प्रतिशत कोभिड-१९ विरुद्धको खोप नलगाएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठन नेपाल कार्यलयले आयोजना गरेको कोभिड-१९ को अवस्था र मंकिपक्सको वर्तमान अवस्था र तयारी सम्बन्धी कार्यक्रममा बोल्दैं डा. गेलालले सो जानकारी दिएका हुन् ।
पछिल्लो तीन हप्तामा १७ जनाको कोभिड(१९ का कारण ज्यान गएकोमा १३ जनाले कोभिड(१९ विरुद्धको कुनै पनि खोप नलगाएको पाइएको उनको भनाइ थियो । ‘पछिल्लो तीन हप्तामा १७ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘१३ जनाले कुनैपनि खोप नलगाएको पाइयो ।’ साथै १२ जनामा एक भन्दा बढी दिर्घरोग भएको समेत पाइएको बताए ।
कार्यक्रममा विश्वस्वास्थ्य संगठन नेपाल प्रतिनिधभी डा राजेश संभाजीराव पाण्डवले कोभिड १९ को संकट टरिनसकेको र संक्रमितको संख्या बढिरहेको हुदा सबैले पुर्ण खोप लगाउनुपर्नेमा जोड दिए ।
पछिल्लो समय विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रय जनस्वास्थ्य आपतकाल घोषणा गरेको मंकिपक्सका विषयमा पनि सचेत हुनुपर्ने बताए । उनले मंकिपक्सको लागि नेपाल सरकारले तयारी गरीरहेको र त्यसमा सबैले सरकारलाई सघाउनुपर्ने बताए । विश्व स्वास्थ्य संगठनले नेपालमै मंकिपक्सको जाच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाललाई प्रविधीक सहयोग गरीरहेको समेत जानकारी दिए । ‘अहिलेसम्म नेपालमा मंकिपक्सका केस भेटिएको छैन ।’ उनले भने ‘तर नेपाल सरकारले तयारी गरीरहेको छ ।’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले जनतालाई मंकिपक्सका बारेमा चेतना जगाउने सामाग्री तयार गरेको बताए । उनले ७ वटै प्रदेशमा १४ जना फोकल पर्सनलाई अभिमुखीकरण दिएको र सहिद शुक्रराज ट्रपिकल अस्पताल र कान्ति बाल अस्पताललाई उपचारकोलागि हव अस्पताल तोकिएको जानकारी दिए ।
कार्यक्रममा डव्लुएचओको तर्फबाट विज्ञहरु डा विनोद बुरा, डा पल्पसा कंशाकार, डा प्रतिक्षा आचार्य, डा एलिसन, डा शितल अधिकारी, डा चतुरालगायतले कोभिड १९ को पछिल्लो अवस्था, खोप कभरेज, मंकीपक्सको अवस्था र नेपालमा हुनसक्ने सम्भावित जोखिमका बारेमा प्रस्तुति दिएका थिए ।
