२०८२ वैशाख १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘स्वास्थ्य बीमाप्रति सरकार गैह्र जिम्मेवार देखियाे’

‘स्वास्थ्य बीमाप्रति सरकार गैह्र जिम्मेवार देखियाे’


काठमाडौ-स्वास्थ्य बिमा कार्यक्रम संचालनमा सरकारले स्पष्ट जानकारी निदएको कारणा पुर्वी नेपालका तीन ठूला मेडिकल कलेज तथा अस्पतालले सेवा वन्द गर्नुपरेको जनाएका छन् । अस्पताल संचालकहरूले स्वास्थ्य बीमाप्रति सरकार गैह्र जिम्मेवार भएकाे आराेप समेत लगाए ।

बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी नोवेल मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम स्थगित हुनुमा सरकारको दोधारेपन जिम्मेवार रहेको बताए ।

सरकारले गत १५ जेठमा चालु आर्थीक वर्षको बजेट बक्तव्यमा १ साउन देखी सामुदायीक र सरकारी अस्पतालबाटमात्र विमा कार्यक्रम संचालन गर्ने नीति लिएको छ । तर बीमा बोडले भने ४८ निजी अस्पालसंग ५ वर्षको सम्झौता गरी बिमा कार्यक्रम संचालन गर्दै आएको छ ।

‘वीचको डेढ महिनाको समयमा पनि हामीलाइ कार्यक्रम संचालन गरीरहनु पनि भनिएन, बन्द गर्नु पनि भनिएन ’ बीएण्सीका संचालक दुर्गा प्रसाइले भने ‘हामीले साध्दा पनि कोही बोलेनन् ।’

नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी गर्दै निजी क्षेत्र जनता प्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाए ।

विराट मेडिकल कलेजका संचालक डा ज्ञानेन्द्रमान सिं कार्कीले सरकारले स्पष्ट रुपमा जानकारी दिनुपर्ने बताए । उनले सरकारको अस्पष्टताले गर्दा बिमा सेवा लिन आएका सेवाग्राही मार्कमा गरेको बताए ।

करोडौ पुरानो भुक्तानी बाँकी

बिरामीको उपचार गरेबापत अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि चालकहरुले मार्कामा परेको बताएका छन् ।  वजेटमा आएकोविषय पनि क्लीयर नगरेको र लामो समय देखी ठूलो रकम भुक्तानी पनि नगरेपछि एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ५५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ५४ करोड रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी गरेको छैन ।

सरकारले अस्पतालहरुलाई बिमामार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक सुनिल शर्माले बताए । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिदा अस्पतालहरु धरासायी बन्दै गएका छन् । कर्मचारीहरुलाई समयमै तलब खुवाउँन सकिएको छैन्,’ डा। शर्माले भने, ‘अन्य भुक्तानीहरु रोकिएका छन् । उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ । सरकार यो विषयमा गम्भीर बनेन । अरु उपाय नलागेपछि हामीले बाध्य भएर बिमा कार्यक्रममार्फत हुने उपचार रोक्ने निर्णय लिएका छौं ।’

सर्वसाधारण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्य बिमाले सर्वसाधरण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो । तर, सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा। कार्की भन्छन्, ‘सरकारले बिमाको भुक्तानी नदिँदा कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन । कर्मचारीहरुले जागिर छोड्न थालिसके । हामीले बाध्य भएर बिमा उपचार रोक्नु परेको छ ।’

यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य बिमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं बिरामीले स्वास्थ्य बिमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब, यो सेवा प्रभावित बन्ने भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ