२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लुएचओंसँग ४ वटा विषयमा सहकार्य गर्न पत्रचार

डब्लुएचओंसँग ४ वटा विषयमा सहकार्य गर्न पत्रचार


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने भनिएका विषयलाई कार्यावन्यनमा ल्याउन  विश्व स्वास्थ्य संगठन(डब्लुएचओं)लाई  औपचारिक पत्र पठाएको छ।

गत वैशाख महानिर्देशक डा. टेड्रोस नेपाल भ्रमणमा आउँदा मन्त्रालयसँग प्रसुती केन्द्रमा कोल्याब्रेटिभ सेन्टर खोल्ने, अत्यावश्यक औषधीहरु नेपालमै उत्पादन गर्ने, किटजन्य रोग अनुसन्धान केन्द्रलाई सार्कस्तरीय तालिम केन्द्र बनाउने, क्यान्सर लगायतकाे औषधीलाई जिटुजी गर्ने र जानस्वास्थ्य प्रयोगशालालाई अझै व्यवस्थित बनाउने लगायतका विषयमा सहकार्य गर्ने छलफल भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन।

यस्तै, जेनेटिकको स्टेट अफ आर्ट लेबरटरीको रुपमा सातवटै प्रदेशमा विस्तार गर्ने बारे पनि छलफल भएको थियो । सोही परियोजना कार्यावन्यनमा ल्याउनको लागि स्वास्थ्य मन्त्रालयले पत्रचार गरेको उनको भनाइ छ ।

संगठनका महानिर्देशक डा. टेड्रोस स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा गत वैशाख ७ गते ३ दिने भ्रमणका लागि नेपाल आएका थिए । सोही भ्रमणका क्रममा नेपालले स्वास्थ्य क्षेत्रमा अघि सारेको चारवटा  परियोजनालाई अघि बढाउन अहिले पत्र पठाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ