धनगढी—सुदूरपश्चिमको राजधानीस्थित सेती प्रादेशिक अस्पतालले विशिष्टीकृत सेवा विस्तारको लागि १० असारमा विभिन्न विशेषज्ञ चिकित्सकको दरखास्त आह्वान गरेको थियो । सुदूरकै प्रमुख रेफरल अस्पतालको रुपमा रहेको सेतीमा सेवा गर्नका लागि चिकित्सकहरुको हानथाप हुनुपर्ने हो ।
तर, यथार्थ फरक छ । अस्पतालले न्युरो सर्जन, युरो सर्जन, नेफ्रोलोजिष्ट, नियोनेटोलोजिष्ट, इण्डोक्राइनोलोजिष्ट, फिजिसियन, सर्जन, ग्याष्टोइन्टेरोलोजिष्ट,गाइनोकोलोजिष्ट, पेडियाट्रीसियन, रेडीयोलोजिष्ट,साइक्याष्ट्रिक, एनेस्थेसियोलोजिष्ट,मेडिकल जनरललिष्ट, मेडिकल अधिकृत माग गरेको थियो । तर, तीमध्ये केही पदमा मात्रै आवेदन परेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालकाअनुसार नेफ्रोलोजिष्ट, नियोटिनोलोजिष्ट, ग्याष्टोइन्टेरोलोजिष्ट, इण्डोक्राइनोलोजिष्ट, पेडियाट्रिक, रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, मेडिकल जनरललिष्टमा आवेदन नैपरेको छैन ।
अस्पताल प्रशासनले १५ दिनभित्र दरखास्त दिन आह्वान गरे पनि विशेषज्ञ चिकित्सकको केही पदमा मात्रै दरखास्त परेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।