२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषदको प्रवेश परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण


काठमाडौँ – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको तेस्रो नाम दर्ता प्रमाणपत्र परीक्षामा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले २२ असारदेखि २४सम्म लिएको परीक्षामा सहभागी २८४९ परीक्षार्थी मध्ये ११६४ ( ४०.८५) प्रतिशत उत्तीर्ण भएका हुन्।

परीक्षामा कुल विशिष्ट तहका सहभागी १९२ मध्ये ११७ जना उत्तीर्ण भएका छन्। त्यस्तै, प्रथम तहतर्फका सहभागी ९७२ परीक्षार्थी मध्ये ३७१ जना र पिसिएलका सहभागी १७७३ मध्ये ६७६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, कुल परीक्षार्थी २९३७ मध्ये  ८८ जना परीक्षामा उपस्थित भएका थिएनन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ