२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्रीद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन

स्वास्थ्य राज्यमन्त्रीद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गरेका छन् । शुक्रबार अनुगमकाका लागि पुगेका मन्त्री केसीले अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापनका लागि पहल थाल्ने प्रतिवद्दता व्यक्त गरे।

अनुगमनका क्रममा राज्य मन्त्री केसीले आम नागरिकलाई सहज तरीकाले अस्पतालले सेवा उपलब्ध गराएको राम्रो पक्ष भएको बताए ।

सो अवसरमा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ ।

अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेसिनरी औजारहरुको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ