२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने

वीपी प्रतिष्ठानले तत्काल स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने


काठमाडौँ – वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बीमा कार्यक्रम स्थगित नगर्ने भएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रमलाई तत्काल स्थगित नगर्ने जनाएको हो ।

स्वास्थ्य बीमा बोर्डबाट गठित उच्चस्तरीय सुझाव समितिका संयोजक डा भगवान कोइराला तथा बीमा बोर्डका अधिकारीहरुसँगको बीमा भुक्तानीका बारे छलफल पछि बन्द गर्ने कार्यक्रमलाई तत्कालका लागि फिर्ता लिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाललाई बीमा रोक्ने निर्णय फिर्ता गरेकोको भए पनि आगामी ७ साउनसम्म पाउनु पर्ने रकम नपाए ८ साउन देखि बीमा बन्द गर्ने उल्लेख छ।

सरकारबाट बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै केहि अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, बोर्डले भुक्तानी गर्ने भन्दै पत्रचार गरेपछी अस्पतालहरुले आफ्नो निर्णय फिर्ता लिइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ