भनिन्छ, धर्तिका लागि चिकित्सक भगवानका दोस्रो रुप हुन् । यो भनाइलाई सही सावित गर्ने यस्ता धेरै चिकित्सकहरु संसारमा छन् । भारतीय नेशनल डक्टर्स डेमा दैनिक भाष्करले एक त्यस्तै चिकित्सकबारेमा फिचर बनाएको छ । ती चिकित्सक हुन्—जबलपुरका (क्याप्टेन) एमसी डावर । ७६ वर्षीय यी चिकित्सक पछिल्ला ५० वर्षदेखि २० रुपैयाँ लिएर बिरामीको उपचार गरिरहेका छन् ।
डा. डावरको जन्म अहिलेको पाकिस्तानमा १९४६ मा भएको थियो । डेढ वर्षकै उमेरमा उनका पिताको निधन भयो । परिवारको सहयोगमा उनले स्कुलको पढाइ पन्जाबको जालन्धरबाट गरे । त्यसपछि उनले जबलपुर मध्यप्रदेशबाट उनले एमबीबीएसको डिग्री हासिल गरे ।
डा. डावरकाअनुसार उनले सेनामा भर्तिका लागि परीक्षा दिएका थिए । त्यतिबेला ५३३ उम्मेदवारमध्ये २३ जना छानिएका थिए । जसमा डा. डाबरको नाम ९ औं नम्बरमा थियो ।
सन् १९७१ को भारत—पाकिस्तान युद्धका बेला उनको पोष्टिङ बंगलादेशमा भएको थियो । डा. डावरले थुप्रै घाइने जवानहरुको उपचार गरे ।
युद्ध सकिएको केही समयपछि केही स्वास्थ्य समस्याका कारण उनले समय अगावै रिटायरमेन्ट लिनुप¥यो । रिटायर्डमेन्टपछि सन् १९७२ देखि उनले जबलपुरमा आफ्नो प्रायक्टिस सुरु गरे ।
१० नोभेम्बर १९७२ दिन डा. डाबरका लागि खास छ किनभने यही दिन उनले जबलपुरमा आफ्नो पहिलो बिरामीको जाँच गरेका थिए । डा. डाबर भन्छन्, ‘सन् १९८६ सम्म २ रुपैयाँ शुल्क लिएपछि मैले ३ रुपैयाँ लिन सुरु गरे ।’ सन् १९९७ मा ५ रुपैयाँ र त्यसपछि आर्थिक समस्याका कारण १५ वर्षपछि सन् २०१२ बाट उनले आफ्नो शुल्क १० रुपैयाँ बनाए । अघिल्लो वर्षको नोभेम्बरदेखि उनले आफ्नो शुल्क २० रुपैयाँ पु¥याएका छन् ।
आखिर डा. डावर यति थोरै शुल्कमा आफ्नो खर्च कसरी जुटाउँछन् ? यसको जवाफ उनको सादा जीवन उच्च विचारको दर्शन हो । उनले सन् १९७२ मा आफ्नो क्लिनिकका लागि टेबल, कुर्सी र हस्पिटल बेड खरिद गरेका थिए, त्यसलाई अहिले पनि प्रयोग गरिरहेका छन् । यतिमात्रै होइन्, यति थोरै शुल्कबाट बचत गरेर उनले आफ्ना छोरा र छोरीलाई राम्रो शिक्षा दिए ।
डा. डावर पछिल्ला ५० वर्षदेखि हप्तामा ६ दिन दैनिक १५०—२०० जना बिरामीको उपचार गर्छन् । केही बिरामी त यस्ता छ, जो केही समस्या हुने बितिकै वर्षौदेखि उनी कहाँ नै आउँछन् । बिरामीहरु केवल जबलपुरबाट मात्रै होइन्, दूरदराजका सहरबाट पनि आउँछन् । ‘मलाई मानिसहरुको निकै प्रेम मिल्छ,’ उनले भने, ‘सन् १९८६ मा किड्नी फेलिएर भएपछि मेरा बिरामीहरु मेरा लागि प्रार्थना गर्न मैहरको शारदादेवी मन्दिरदेखि गुरुद्वारसम्म पुगेका थिए । आज म जे छु, केवल उहाँहरुकै आर्शिवादले हुँ ।’
डा. डावरले सन् सन् २०१९ मा पद्यभूषण सम्मानका लागि नोमिनेट गरिएको थियो । यो कुरा उनले होइन्, उनका सबैभन्दा पूराना बिरामी ओपी खरेले बताएका हुन् । सर्वे अफ इण्डियाबाट रिटायर्ड ७७ वर्षीय खरे भन्छन्, ‘डा. डावरले अहिलेसम्म कयौ बिरामीको ज्यान बचाएका छन् । पछिल्ला ५० वर्षदेखि जसरी उनी समाजको सेवा गरिरहेका छन्, यो कुनै सामान्य काम होइन् । उनलाई यो सुन्दर कामका लागि सरकारले सम्मानित गर्नुपर्छ ।’
दैनिक भाष्करबाट भावानुवाद