२०८१ मंसीर ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


चरिकोट—मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सिंगटी प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हुराडेक नेपाल दोलखा र लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा सञ्चालन गर्दै आएको कोभिड–१९ प्रतिकार्य, स्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत अस्पताललाई ४० लिटर क्षमताको अटोकेल्भ प्रदान गरेको हो । हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले शनिबार अस्पतालका डा. ऋषिकेश चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले गत वर्ष पनि सोही कार्यक्रमअन्तर्गत अस्पताललाई कोभिड–१९ प्रतिकार्य सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अस्पतालको माग बमोमिज यस पटक अटोक्लेभ सहयोग गरिएको भुजेलले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ