झापा- झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम सो पेट सिटीको ुउद्घाटन गर्न झापा आइपुगेका छन् ।
शनिबार बिहान निजी विमानबाट काठमाडौ झरेका राजकुमार लगत्तै भद्रपुर झापा पुगिसकेका छन् । आइतबार उनले पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्याब सेवाको उद्घाटन गर्नेछन् ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले शनिवार पत्रकार सम्मेलन गरी युएईका राजकुमाबाट सेवा उद्घाटन गर्ने जानकारी दिए ।
अस्पतालले २ वर्षअघि ल्याएको पेट सिटी स्क्यान मेसिन कार्यविधी अभावका कारण संचालनमा आउन सकेको थिएन । पेट सिटीमा प्रयोग हुने साइक्लोटोन कार्यविधी नबनाएका कारण रोकिएको थियो ।
साइक्लोटोन प्रयोग सम्वन्धी कार्यविधी बनेसँगै राजधानी बाहिर पहिलोपटक पेट स्क्यान सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्ने भएको छ ।
झापामा पेट सिटी सेवा सुरु भएसँगै क्यान्सरको फैलावट पत्ता लगाउन भारत र अन्य देश जानुपर्ने परिस्थिती अन्त्य हुने कार्यकारी निर्देशक प्रसाईले बताए ।