२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ओपीडी टिकट काट्ने समय परिवर्तन

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ओपीडी टिकट काट्ने समय परिवर्तन


धरान–विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ओ.पी.डी. टिकट काट्ने समय परिवर्तन भएको छ । बुधबारदेखि प्रतिष्ठान ओपीडी टिकट लिने समय परिवर्तन गरेको हो ।

यसभन्दाअघि ओपीडी काउण्टर विहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त ७ः३० बजेदेखि नै काउण्टर खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ । दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ ।

यस्तै, अस्पतालले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रमअन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मृगौला रोगका बिरामीहरुलाई सेवा सुविधाअन्तर्गत पाइने चिकित्सकको सल्लाह बमोजिमको औषधि तथा औषधिजन्य सामाग्रीहरु खरिद गरेवापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई पनि केहि फेरबदल गरिएको जानकारी दिएको छ ।

हालसम्म विपन्न नागरिक कार्यक्रमको सहुलियत पाएका बिरामीहरुले चिकित्सकले लेखेको औषधिहरु प्रतिष्ठान बाहिरको औषधि पसलहरुबाट पनि खरिद गर्नेसक्ने प्रावधान थियो ।

तर, १ असारदेखि लागु हुनेगरी उक्त कार्यक्रमअन्तर्गतका बिरामीहरुले औषधि खरिद गर्दा अनिवार्य रुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुेपर्नेछ । यसरी प्रतिष्ठानको फार्मेसीबाट औषधि खरिद गरे वापत प्राप्त बिल बिजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई शोधभर्नाका लागि दाबी गर्नुपर्नेछ ।

प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधि तथा औषधिजन्य सामाग्रीहरु उपलब्ध हुन नसकेको अवस्थामा फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई बाह्य फार्मेसीबाट सो खरिद गरिएका औषधि तथा औषधिजन्य सामाग्रीहरुको बिल बिजकहरुलाई मात्र शोधभर्नाका लागि दाबी गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ