२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको गाडीको ठक्करबाट घाइते भएका सुरक्षागार्डको मृत्यु

चिकित्सकको गाडीको ठक्करबाट घाइते भएका सुरक्षागार्डको मृत्यु


विराटनगर–विराटनगर महानगरपालिका–१३ रानीमा रहेको विराटनगर आँखा अस्पतालमा शनिबार भएको सवारी दुर्घटनामा परी घाइते भएका सुरक्षागार्डको मृत्यु भएको छ ।

विराटनगर आँखा अस्पतलाका चिकित्सक डा. निष्ठा श्रेष्ठ सवार वाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सुरक्षागार्ड विराटनगर ४ का ४५ वर्षीय गुरुप्रसाद लुइँटेल शनिबार विहान गम्भीर घाइते भएका थिए ।

अस्पतालभित्र प्रवेश गरेको गाडीले गेटमा ठक्कर दिएको थियो । ठक्करबाट भत्किएको गेटले थिचेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा साँझतिर विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

दुर्घटनापछि सवारी र सवारी चालक सर्लाहीको पर्सा गाउँपालिका–८ का ३४ वर्षीय दिनेश साहलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका साहलाई सवारी ज्यान मुद्दमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ