गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनको दिन कोभिड खोप कार्यक्रम संचालन नहुने निर्वाचनको दिन कोभिड खोप कार्यक्रम संचालन नहुने हेल्थ आवाज आईतबार, २०७९ वैशाख २५ गते, १४:१९ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप कार्यक्रम संचालन नहुने जनाएको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुँदा खोप कार्यक्रममा कठिनाई हुने भएकोले सो दिन खोप कार्यक्रम संचालन नहुने जनाएको हो। मन्त्रालयले सो दिन खोप अभियान संचालन नभए पनि निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने हुँदा सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ। ‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकोले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ, ‘विज्ञप्तिमा भनिएको छ। यसको साथै पछिल्ला दिनमा संक्रमण बढ्दै गएकोले स्वास्थ्यका मापदण्ड अपनाएर निर्वाचनमा सहभागी हुन पनि सबैमा मन्त्रालयले अनुरोध गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार