गृहपृष्ठ ∕ समाचार ∕ सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल हेल्थ आवाज आईतबार, २०७९ वैशाख ११ गते, १७:५६ मा प्रकाशित चितवन—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधिमा आत्मनिर्भर हुन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली औषधि उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा चितवनमा भएको फर्मा एक्स्पो—२०२२ को दोस्रो दिन शनिबार आयोजित अन्तक्रियामा उनले यस्तो धारणा राखेका हुन् । ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा पौडेलले औषधि उत्पादनमा सम्भावना र चुनौती उतिकै भएकोले यसका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्न आवश्यक रहेको बताए। एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि उद्योगलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘नीति कार्यन्वय हुन नसक्दा औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन। यसको लागि सरकारले नीतिलाई बलियो पारी आन्तरिक उत्पादनलाई बढावा दिनतर्फ लाग्नु आवश्यक छ,’ उनले भने । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई अघि बढाउन नीतिगत रुपमै केही परिवर्तन गर्नुपर्नेमा बताए । औषधि व्यवस्था विभागको पूरानो संरचनाले गर्दा सेवाग्राहीले चाहेको जस्तो काम लिन नसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार