२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आज नेपाल आउँदैं

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आज नेपाल आउँदैं


काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुग्दैछन् ।

भारत भ्रमणमा रहेका डा. टेड्रोस इन्डिगो एयरबाट दिउँसो १२ बजे नेपाल ओर्लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । डा. टेड्रोस १० गते फर्कने कार्यक्रम रहेको छ ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा। पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउँदैछन् ।

नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन् ।

नेपालले कोभिड–१९ को नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै आएका ट्रेडोस कोभिड विरुद्धको खोप अभियान पनि नेपालले सफल रुपमा सञ्चालन भन्दै सामाजिक संजालमा नै लेखेका थिए । डा. ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आउन लागेका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ