गृहपृष्ठ ∕ समाचार ∕ मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १४:१० मा प्रकाशित काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानवअंगसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हालाई रिहा गर्न सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई आग्रह गरेको छ । प्रतिष्ठानले शस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई बल, पत्राचार गर्दै उनलाई रिहाइ गरी घर जान अनुमति दिन अनुरोध गरेका हुन्। प्रतिष्ठानले ती विद्यार्थीबाट प्रहरीले बरामद गरेको सामग्री अध्ययनका लागि आवश्यक भएको जनाएको छ। प्रतिष्ठानले बुझाएको पत्रमा भनिएको छ, ‘भारतको बिहारका विद्यार्थी सिन्हा विशेष कारणवस घर जाने क्रममा आफ्नो अध्ययनमा आवश्यक पर्ने सामग्रीहरु सहित लिएर जाँदै गरेको अवसस्थामा रानी बोर्डर एरियामा चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्साशास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ।’ २६ वर्षीय सिन्हालाई मंगलबार प्रहरीले विराटनगर रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि प्रतिष्ठानले उनी निर्दोष भएको खण्डन गर्दै रिहाइ गर्न प्रहरी कार्यालयलाई अनुरोध गरेको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव