२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३७ जना संक्रमणमुक्त

२६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३७ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७ जनामा कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्ला २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ सय ५४  छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ