२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. विजय मृत्यु प्रकरणः सोधपुछका लागि साथीसहित ८ जना नियन्त्रणमा

डा. विजय मृत्यु प्रकरणः सोधपुछका लागि साथीसहित ८ जना नियन्त्रणमा


विराटनगर—विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अधिकृत डा. विजय यादवको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछका लागि ८ जनालाई नियन्त्रणमा लिएको छ ।

डा. विजयसँगै मदिरा सेवन गरेका दुई जना साथीसहित ८ जनालाई साधेपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका– १ का बासिन्दा डा. विजय विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम्पाउण्डमा शनिबार बिहान मृत फेला परेका थिए ।

मृत्यु भएको अघिल्लो दिन शुक्रबार राती सँगै मदिरा खाने दुई जना डा. यादवका साथीहरूसहित ८ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ । प्रहरीले यादवसँग ७ महिना अगाडि झगडा गर्ने फार्मेसी संचालकसहित शुक्रबार राति झगडा गर्ने युवाहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

पोस्मार्टन रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको एकिन नभएकोले अनुसन्धानको लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ । सोधपुछबाट मात्रै वास्तविकता पत्ता लाग्न नसकेकाले पोष्टमार्टम रिपोर्टको पर्खाइमा प्रहरी रहेको मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठ बताए ।

‘विभिन्न कोणबाट अनुसन्धान जारी छ । पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप विषय प्रष्ट हुन्छ,’ उनले भने । यादवको पोष्टमार्टम धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ