बझाङ – जेष्ठ नागरिक लक्षित अति दुर्गम क्षेत्रमा गरिने नि:शुल्क कृत्रिम दाँत शिविरको उदघाटन भएको छ । आइतबार उपचारात्मक सेवा महाशाखाका प्रमुख कन्सल्टेन्ट डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा उक्त शिविरको उदघाटन सम्पन्न भएको हो।
उदघाटन समारोहमा जिल्ला समन्वय समितीका संयोजक खडग बहादुर खडकाले निरन्तर २ महिनाको सम्पर्क र समन्वयपश्चात ठुला डाक्टरसासँग बझाङी जनतालाई सेवा लिने मौका दिएको भन्दै डा. बुढाथोकीलाई धन्यवाद दिए ।
स्थानीय निकाय शिविरका लागि विगत ६ महिना देखि निरन्तर सहयोग र सहकार्य गर्दे आएको र शिविर अवधिभ र सहयोग गर्न तयार भएको नगरपालिकाका मेयर विरेन्द्र बहादुर खडकाले बताए ।
कार्यक्रमका अध्यक्ष डा. बुढाथोकीले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक मान्दै सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने तथा आकस्मिक सेवाबाट कसैलाई बञ्चित नगर्ने प्रतिबद्धता जाहेर गरेको उल्लेख गरे ।
५ दिनमा कुल ७ हजार बढी बिरामीको दाँत तथा मुखको परीक्षण गर्ने, १ सय बढी जेष्ठ नागरिकको पुरै तल र माथि कृत्रिम दाँतमा फुल कम्पलिट डेण्चर राखिदिने, १ हजार बढीको आरपीडि राखिने, २ हजार बढी बिरामीको काम नलाग्ने दाँत उखेलिदिने तथा दाँत र मुख सम्बन्धि सबै समस्याको परीक्षण तथा परामर्श दिने लक्ष्य शिविरको छ ।
उक्त शिविरमा विद्यार्थीहरुलाई ब्रससहित दाँत सफा गर्ने तरिका, ओरल हाइजिन, जनचेतनाको महत्वका बारेमा समेत कक्षा लिइदैछ ।
उपचारात्मक महाशाखाका प्रमुख कन्सल्टेन्ट तथा प्रोस्थोडोन्टिस्ट डा. प्रकाश बुढाथोकीको नेतृत्वमा ११ जना फ्याकल्टि ,९ जना पोस्ट ग्राजुयेट रेजिडेन्ट, ४ जना ल्याब टेक्निसियन, ४ जना डेन्टल सर्जन र ४ जना सहायक संलग्न उक्त बिशेषज्ञ टोलीले २२ फागुन देखि २६ सम्म डेन्चर क्याम्प संचालन गरिरहेको छ ।
उपचारात्मक सेवा महाशाखाका डा. प्रकाश बुढाथोकी, न्याम्स वीर अस्पतालका प्रा. डा.सरिता प्रधान जोशी, डा. सम्राट पहारी, डा. गरिमा देवकोटा, पीपल्स डेन्टल कलेज तथा हस्पिटलबाट डा. निरज ध्याको, डा. सुदिप सुवेदी, डा. बिपीना पाण्डे शिविरमा खटिरहेका छन् ।
त्यसैगरी, डा. अनिता गुरुङ, डा. अस्मिता अधिकारी र ल्याब टेक्निसियन ब्रह्मदेब मण्डल, डिलाइट डेन्टलका डा. दिपक थापा र ल्याब टेक्निसियन मदन दुरा, नेपाल प्रहरी अस्पतालका एसएसपी डा. प्रमोदराज जोशी, त्रि.वि. शिक्षण अस्पतालका डा. अमर बोचिबोय, कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका डा. वर्षा घिमिरे, डा. सुनिता प्रजापति, डा.रेवन्त राजभण्डारी, सामाजिक विकास मन्त्रालय सुदुरपश्चिमका डा. नरेश जोशी र धुलिखेल अस्पतालका डा. दिलिप प्रजापति र डा. उज्वल रिमाल तथा पेडियाट्रिक डेण्टल सर्जन डा. कुम्भराज जोशी,डेण्टल सर्जनहरु डा. अमित जैशी,डा. एकेन्द्र खडकाले शिविरमा सेवा प्रदान रहेका छन् ।