क्यान्सरलाई प्रायः ज्यान जोखिममा पार्ने रोग मानिन्छ। रोग सुरुमा पत्ता लागेन भने पत्ता लागेपछि त्यसलाई रोक्न चुनौतीपूर्ण हुन्छ । क्यान्सर भएपछी केही प्रारम्भिक लक्षणहरू देखिन थाल्छन्, यी लक्षणहरूलाई सधैं गम्भीर रूपमा लिनुपर्छ। तर, मानिसहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन् र यसबाट टाढा रहन्छन्, जुन पछि खतरनाक हुन्छ।
यदि ब्लड क्यान्सरको कुरा गर्ने हो भने यसको उमेर निश्चित हुँदैन, जुनसुकै उमेरमा पनि हुनसक्छ भनिन्छ । विशेषज्ञहरुका अनुसार ब्लड क्यान्सर भएमा कोषिकाहरुले मानिसको शरीरमा रगत बन्न दिदैंन । जसकारण मानिसको रगत कम हुन थाल्छ । ब्लड क्यान्सरका अन्य धेरै लक्षणहरू छन् जुन बेवास्ता गर्न गाह्रो हुन सक्छ।
यी हुन् ब्लड क्यान्सरका प्रकार
विज्ञहरुका अनुसार ब्लड क्यान्सर तीन प्रकारका हुन्छन् । यसमा ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा समावेश छ। ब्लड क्यान्सर बालबालिकादेखि वयस्कसम्म हुन सक्छ। सामान्यतया यो रोग ३० वर्षपछि हुने सम्भावना बढी हुन्छ ।
यसबाहेक हड्डी र जोर्नीहरूमा लगातार दुख्ने, मुख, नाक वा शौच गर्दा रगत बग्ने, ज्वरो आउने, राति पसिना आउने र चक्कर लाग्ने, बारम्बार इन्फेक्सन हुनु र शरीरको तौल घट्नु, यी लक्षणहरू हृदयाघात नभएर ब्लड क्यान्सरका लक्षण हुन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्तै जाँच गराउनुपर्छ ।
यस बाहेक ब्लड क्यान्सरको शुरुवातमा बिरामीको मुख, घाँटी, छाला र फोक्सोमा धेरै किसिमका समस्या बारम्बार देखिन थालेमा ध्यान दिनुहोला । यसबाहेक हड्डी, मांसपेशीमा दुखाइ हुनु पनि ब्लड क्यान्सरको प्रारम्भिक लक्षण हो।
ब्लड क्यान्सर धेरै प्रकारका हुन्छन् भन्ने कुरा सबैलाई थाहाँ छ । क्यान्सरको उपचार सधैं यसको प्रकारमा निर्भर गर्दछ। क्यान्सरको उपचारमा केमोथेरापी, लक्षित थेरापी, रेडिएसन थेरापी, बायोलोजिकल थेरापी र स्टेम सेल ट्रान्सप्लान्ट थेरापी दिइन्छ। यदि ब्लड क्यान्सर छ भने साधारण रगत परीक्षणबाट पनि पत्ता लगाउन सकिन्छ । यो क्यान्सर जाँच गर्न सामान्य रगतको तस्विर जाँच गरिए पनि यो परीक्षणमा ब्लड क्यान्सर पुष्टि भएमा शतप्रतिशत निको हुने बताइएको छ ।
-एजेन्सी