२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वकोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना

कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना


 विश्वका कयौं देशलाई कोभिड-१९ महामारीको कहरले आक्रान्त पारेको छ । दुईवर्ष वितिसक्दा पनि धेरै देशको सरकार अझै पनि यस महामारीबाट मुक्त हुन सकेको छैन ।

हालै ती देशहरुमध्ये अफ्रिकी देश युगान्डाले कोभिड खोप अस्वीकार गर्ने र नलगाउने व्यक्तिलाई जरिवाना लाग्ने योजना बनाएको छ। एक विज्ञप्तिमा जारी गरी भनिएको छ, ‘भुक्तानी नगर्नेलाई नयाँ सार्वजनिक स्वास्थ्य कानूनअन्तर्गत जेल सजाय हुन सक्छ।’

पूर्वी अफ्रिकी देश युगान्डाले करिब एक वर्षअघि खोप सुरु गरेको भएपनि हालसम्म ४ करोड ५० लाख जनसंख्यामध्ये १ करोड ६० लाख मानिसलाई खोप लगाइएको छ । प्रशासनले कोरोना खोपको यो सुस्त गतिमा जनताको अनिच्छालाई दोष दिएको छ । यस्तो अवस्थामा संसदको गृह स्वास्थ्य समितिले जनस्वास्थ्य (संशोधन) विधेयक २०२१ लाई परिमार्जन गर्दै कोभिड खोप अनिवार्य गरेको छ ।

सरकारको कोरोना खोप कानून अन्तर्गत, खोप दिन अस्वीकार गर्नेहरूलाई ४ मिलियन युगान्डा शिलिंग जरिवाना हुन सक्छ। संसदले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्ताव अनुसार कोभिड–१९ विरुद्धको खोप नलाउनेलाई ४० लाख शिलिंग जरिवाना वा ६ महिना जेल सजाय हुनेछ ।’

‘अनिवार्य खोपले पर्याप्त मानिसहरूलाई खोप लगाउने सुनिश्चित गर्दछ ताकि हामीले सामूहिक प्रतिरोधात्मक क्षमता उत्पादन गर्न सक्छौ, स्वास्थ्य मन्त्री जेन रुथ एसेङ्गकोतले  भने ।

उल्लेखनीय रूपमा युगान्डाले दुई वर्षको एन्टि-कोरोनाभाइरस उपायहरू पछि गत महिना आफ्नो अर्थव्यवस्था पूर्ण रूपमा खोलको छ। युगान्डाले हालसम्म कोभिड-१९ को करिब १ लाख ६३ हजार र ३,५०० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ