२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली सेनाद्वारा ४ जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

नेपाली सेनाद्वारा ४ जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार


वीरेन्द्रनगर—नेपाली सेनाको पश्चिम एयरबेस सुर्खेतले ३ जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको एयरबेसले मुगु, हुम्ला, रुकुम र दैलेखका ४ जना गर्भवती महिलाको उद्धार गरेको जनाएको छ ।

सेनाकाअनुसार सुत्केरी हुन नसकेर प्रसव पीडामा रहेका मुगुको सोरु गाउँपालिका—४ लिब्रु, हुम्लाको चंखेली गाउँपालिका—४ तल्लो पाली र रुकुमको पुथा उत्तरगंगा गाउँपालिका—२ पेल्मा निवासी महिलाहरुको उपचारको लागि नेपाली सेनाको पश्चिम एयर बेशको हेलिकप्टरद्वारा उद्धार गरी सुर्खेत पु¥याइएको छ ।

त्यसैगरी, भीरबाट लडेर घाइते भएकी दैलेखको आठबिस नगरपालिका–१ साततलाकी २८ वर्षीया गर्भवती महिलालाई पनि उद्धार गरेर सुर्खेत पु¥याइएको छ ।

सेनाकाअनुसार मुटु सम्बन्धी गम्भीर समस्या देखिएका कालीबक्स गण (ई) का सैनिक जवानकी आमालाई पनि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ