काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । प्रदेशका ९ जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयका फोकल पर्सन, चिकित्सक, सेवाप्रदायक लगायतका स्वास्थ्यकर्मीको २ ब्याच गरी ३६ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो ।
उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारी प्रमुख आतिथ्यता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीको अध्यक्षता, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपचारात्मक महाशाखाका आँखा नाक कान घाँटीका प्रमुख डा. प्रकाश बुढाथोकी र स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीको सहभागितामा थियो ।
उदघाटन तथा शुभकामना मन्तब्यमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जोशीले प्रदेशका हरेक स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागिएको बताए ।
यस्तै, प्याकेज कार्यक्रमको, विकासक्रम, उदेश्यका बारेमा तथा अब संविधानप्रदत्त मौलिक हक आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित गरिसकेको कार्यक्रमका विशिष्ट अतिथी तथा प्रमुख डा. बुढाथोकीले बताए । स्तरीय उपचार पद्धती पनि निर्माण भइसकेकाले अब सरकारका हरेक स्वास्थ्यसंस्थाहरुले यी सेवा एकै गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समय र उपयुक्त स्थान तथा विशेषज्ञ प्रेषण गर्नपर्नेमा उनले जोड दिए ।
ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र सबै मिलेर यस्को विकास र विस्तार गर्नुपर्ने डा. बुढाथोकीको भनाइ छ ।
सरकारबाट ओझेल तथा विज्ञ अभाव झेलिरहेका उपरोक्त सेवाहरुमा टास्क सिफ्ट र सेयरिङ गर्दे हरेक नेपालीलाई सेवाको पहुँचमा ल्याउन संघीय सरकार र त्यस्मा पनि प्याकेजका जन्मदाता डा. बुढाथोकीलाई धन्यबाद दिँदै सचिव रिता जोशी कार्यक्रमको सफलताको शुभकामना दिँदै सबै सहभागीलाई तालिमको सदुपयोग गर्न अनुरोध गरिन।
तालिमका फाईदा, प्रशिक्षक सबैविज्ञ रहेको तथा सोचकर्ता, नीतिनिर्मातामा संलग्न डा. बुढाथोकीको उपस्थिीती र त्यसको भरपुर उपयोग गर्न र सहभागीहरुको जिम्मेवारीका बारेमा विस्तृतीकरण कार्यक्रमका अध्यक्ष एवं तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीले गरेका थिए ।
तालिम कार्यक्रममा मुख स्वास्थ्यतर्फ केन्द्रका डा. प्रकाश बुढाथोकी र सामाजिक विकास मन्त्रालयका डा. नरेश जोशी, आँखा स्वास्थ्यतर्फ गेटा अस्पतालबाट डा. रमेश भट्ट र नाक कान घाँटी र्फ सेती प्रादेशिक अस्पतालका डा. अशोक श्रीपाईलीले प्रशिक्षण सहजीकरण गरेका थिए ।