कसरी हुन्छ ? किन मानिसहरु माया हुनु वा नहुनु कसैको बसमा हुँदैन भन्ने गर्छन ? यी सबै दुविधाको पछाडि रसायनको महत्वपूर्ण भूमिका हुने गर्छ । हामी जब भावनात्मक आनन्दमा डुब्छौ त्यसमा हाम्रो कुनै नियन्त्रण हुँदैन ।
तब त्यस्ता भावनालाई हामी ‘प्रेममा परेको’ भन्छौं । तर, हाम्रो हृद्धयसँग जोडिएका ती मायालु न्यानो भावनाहरु वास्तवममा रसायन र हर्मोनहरू हुन, जसले उच्च मस्तिष्कसम्म पु¥याउँछ ।
पहिलो चरण आकर्षण
‘आकर्षण’ पहिलो तत्व हो, जसले मस्तिष्कभित्र गहिरो गाडिएको क्षेत्रलाई प्रज्वलित पार्छ । जसलाई ‘भेटीए’ अर्थात ‘भेन्ट्रल टेगमेन्टल एरिया’ भनिन्छ । सम्भावित प्रतिफलको पहिचान गर्दै ‘भेटीए’ले डोपामाइन नामक रसायनिक उत्पादन गर्न थाल्छ, जसलाई ‘फिल गुड न्यूरोट्रान्समिटर’ भनिन्छ । फिल गुड न्यूरोट्रान्समिटर अर्थात आनन्दको रसायन । अझ प्रष्ट रुपले भन्नुपर्दा ‘डोपामाइन’ दिमागमा बन्ने एक रसायन हो, जुन खुशी र आनन्दको भावनालाई उत्पन्न गराउँछ ।
मानिसमा हुने दुविधा, प्रेरणा, ध्यानाकर्षण, मानसिकतामा ‘डोपामाइन’को पनि भूमिका रहन्छ । तर, यी सबैभन्दा पनि उक्त रसायन ‘लत’ र ‘रोमान्स’को लागि महत्वपूर्ण मानिन्छ । एक न्यूरोनबाट अन्य न्युरोन हुँदै उक्त डोपामिन रसायन मेसोलिम्बिक मार्ग नामक पूरानो एभिन्यूमा पुगेर दिमागलाई खाना, लत, अंकमाल र यौनजस्ता शरीरलाई आनन्द प्रदान गर्ने गतिविधिप्रति सजग गराउँदछ ।
डोपामाइनको वृद्धि कुन तहसम्म हुन्छ भन्ने अड्कल लगाउन सकिदैन । यस रसायनले उत्सुकता गराउने, सपना देख्न मन लाग्ने, तपाईंले चाहेको व्यक्तिप्रति उच्च आकर्षण पैदा गर्छ । कुलतमा फस्नेलाई ‘कोकिनको लत’ लागे जस्तै तपाईलाई ‘मायाको लत’ त्यति नै लाग्छ । र, चाहना माथि चाहना बढ्दै जान्छ ।
लगाव बढ्ने दौरानमा मस्तिष्कले तपाईंको एड्रेनल गन्थ्रीमा संकेत पठाउँदछ, जसले ‘एड्रेनालाईन’ र ‘नोरेपिनफ्रीन’ रसायन उत्पादन गर्दछ । उक्त रसायनहरूले शरीरलाई ‘झगडा’ गर्न वा ‘उडान’ लिन तयार गराउँछ । तपाईको हृदयको त्यो पिटर-प्याटरलाई उल्लेख नगरी तपाईंले सोच्नुभयो कि यो तपाईंको प्रेमी हो जसले तपाईंलाई कंपित तुल्यायो, भोक, निन्द्रा हरायो र हत्केलाहरुमा पसिना ल्यायो।
सहि गलत छुट्टाउन गाह्रो
सुरुवातमा नयाँ प्रेममा पर्दा कुनै कुरा पनि गलत लाग्दैन वा हुँदैन त्यो किन हुन्छ ? तपाईंले एकपटक सोच्नु भएको छ ? हो, त्यो सबै रसायनको खेल हो । पहिला मायाले दिमागको (amygdala) निष्क्रिय पार्छ जसले डर, क्रोध र उदासीनताको धारणालाई नियन्त्रणमा राख्छ ।
लगाव र आशक्ति
मायाको यस अबस्थामा प्रिती—अनुराग बढेर त्यस अवस्थामा पुग्ने गर्छ कि प्रेमीसँग साथमा बस्न बाध्य हुने गर्छन । उनीहरुलाई प्रेमीबाहेक अरुसँग बस्न, कुरा गर्न मन लाग्दैन् । तन, मनमा नै प्रेमीमा हुने भाव स्थापित हुन्छ । यदि उक्त भावना पैदा हुन्छ भने त्यस अबस्थालाई ओक्सीटोसिन तथा भेसोप्रेसिन भनिन्छ ।
ओक्सीटोसिन निकटताको हार्मोन हो भने भेसोप्रेसिन प्रेमजोडीबीच लामो समयसम्म सम्बन्ध कायम राख्ने भूमिका निर्वाह गर्छ । ‘भेसोप्रेसिन’ले शरीरमा यी हार्मोन तथा रसायनको आवश्यकस्तर बनाई राख्नाले आपसी सम्बन्धमा उत्साह कायम नै रहन्छ । शरीरमा स्वभाविक रुपले किशोरावस्था, यौवनावस्था र विवाह गर्नु केही दिनअघि र विवाहपछि यी रसायन र हार्मोनको उच्चस्तर कायम नै रहन्छ । जति उमेर ढल्कन्छ त्यति यसको स्तर खस्कँदैं जाने गर्छ र विरक्त वैवाहिक सम्बन्धमा खटपट हुने गर्छ ।
प्रेम र यौन—इच्छाको भावना एक साथ जीवनसँग चल्छ । यसकारण माया र यौनेच्छाको नियन्त्रण मस्तिष्कबाटै हुने गर्छ । माया अन्धो हुन्छ, प्रेम नशा हो या माया पवित्र कविता हो, यसका विभिन्न व्याख्याहरु पाइन्छन् । तर, प्रेमको भावनाको महत्व जीव—रसायन मानेर कम गर्न सकिदैन् । माया एक शुद्ध रसायनिक तत्व हो, जुन प्रेमीलाई उर्जावान, निडर र साहसी बनाउँछ ताकि आफ्नो प्रेमलाई प्राप्त गर्न सकियोस् ।
मस्तिष्कले अक्सिटोसिनद्वारा उत्पादित ‘लभ हार्माेन’ नामक क्रियालाई समेट्छ । यसले सामीप्यताको दौरानमा विशेषगरी स्तनधारी प्राणीहरुमा एक गहिरो सम्बन्धको विकास गर्दछ । लभ हार्माेनले ‘हाइपोथालामस’ तत्वलाई उत्पादन गरी गुप्त रुपमा मानवलगायत अन्य प्राणीहरुबीच पनि अंकमाल, चुम्बन तथा स्तनपानद्वारा सम्बन्ध कायम राख्न मद्धत गर्दछ । यसैकारणले पनि उनीहरुबीच सम्बन्ध कायम रहिरहने निष्कर्ष विभिन्न अध्ययनले समेत निकालेको छ । जसकारण प्रत्येक स्तनधारी जनावरबीच यस्ता गतिविधिले निकट सम्बन्ध कायम गरी मस्तिष्कलाई प्रेममा लिप्त बनाइराख्न मद्धत गर्दछ । १४ फ्रेबुअरीमा सिएनएनमा प्रकाशित यो आलेख मनिषा थापाले भावानुवाद गरेकी हुन् ।
-सिएनएनबाट