२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअल्फा डाइग्नोष्टिक सेन्टरलाई त्रिभुवन विमानस्थलमा कोभिड-१९ परीक्षण गर्न अनुमति

अल्फा डाइग्नोष्टिक सेन्टरलाई त्रिभुवन विमानस्थलमा कोभिड-१९ परीक्षण गर्न अनुमति


काठमाडौं-नयाँ बानेश्वरस्थित अल्फा डाइग्नोष्टिक सेन्टरले त्रिभुवन विमानस्थलमा युएई जाने यानुको कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अल्फा डाइग्नोटिकलाई युएई जाने नेपालीको कोभिड-१९ परीक्षण अनुमति दिएको हो ।

अल्फा केयर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गको मान्यता प्राप्त ल्याब हो । अब अल्फाले त्रिवि विमानस्थलबाटै स्वाब संकलन गरेर कोभिड-१९ परीक्षण गर्न पाउनेछ ।

युएई जानका लागि ४ घण्टाअघिको कोभिड-१९ नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्दा ती यात्रुको ४८ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाएको छ ।

यस्तै, ल्याबहरुले कोभिड-१९ परीक्षण गर्दा अभिलेखहरु व्यवस्थित राख्ने, प्रयोगशालाको काउन्टरमा सबैले देख्ने गरी ‘युएई जाने यात्रुका लागि मात्र’ कोभिड परीक्षण सुविधा रहेको जानकारी टाँस्नुपर्नेछ । उसले ती ल्याबले विभिन्न १३ बुँदे शर्त पालना गर्नुपर्ने समेत जनाएका छ ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एनपिएल काठमाडौं प्रा.लि.लाई पनि त्रिवि विमानस्थलबाटै युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ