२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति

विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ परीक्षण गर्न क्रिष्टल र सिद्धिलाई अनुमति


काठमाडौं—क्रिष्टल डाइग्नोटिक प्रा.लि. र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएई जाने यात्रुका लागि कोभिड-१९ परीक्षण गर्ने अनुमति पाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १८ माघमा क्रिष्टल र सिद्धिलाई विमानस्थलमा युएई जाने यात्रुहरुको कोभिड-१९ परीक्षणको अनुमति दिएको हो ।

युएई जानका लागि ४ घण्टाअघिको कोभिड-१९ नेगेटिभ रिपोर्ट आवश्यक पर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युएई जाने यात्रुको कोभिड—१९ परीक्षण गर्दा ती यात्रुको ४८ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाएको छ ।

यस्तै, ल्याबहरुले कोभिड—१९ परीक्षण गर्दा अभिलेखहरु व्यवस्थित राख्ने, प्रयोगशालाको काउन्टरमा सबैले देख्ने गरी ‘युएई जाने यात्रुका लागि मात्र’ कोभिड परीक्षण सुविधा रहेको जानकारी टाँस्नुपर्नेछ । उसले ती ल्याबले विभिन्न १३ बुँदे शर्त पालना गर्नुपर्ने समेत जनाएका छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ