बाटो-बाटोमा कोभिड-१९ विरुद्ध सचेतना फैलाइदै [फोटो फिचर]
काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ, युनिफाइड नेसन र रेडियो नेसन १०३.९ मेगाहर्जले ललितपुरमा कोभिड-१९ विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ। शुक्रबार आयोजक समितिले ललितपुरका विभिन्न स्थानमा पुगेर सचेतना कार्यक्रम गरेको हो।
‘आफु पनि सहज रहौं, अरुलाई पनि सजग गराउ’ भन्ने मूल सन्देशको साथमा आजदेखि ३ दिनसम्म उक्त कार्यक्रम चल्ने आयोजक समितिले जनाएको छ। समितिकाअनुसार शुक्रबार पहिलो चरणमा जावालेखस्थित कार्यक्रम गरिएको हो। शनिबार पाटनको मंगलबजार र आइतबार लगनखेल बसपार्कस्थित कार्यक्रम गरिनेछ।
आयोजक टोलीले बाटो-बाटोमा पुगेर मास्क नलगाई हिड्नेलाई सजग गराउनेदेखि सर्वसाधारणलाई मास्क, स्यानीटाइजर समेत वितरण गरेको छ।
उक्त ३ दिने कर्यक्रममा लाइफलाइन हेल्थ केयर प्रालि, महानगरीय प्रहरी परिसर, ललितपुर, अष्टसिद्धी विनायक टोल विकास संस्था, स्वास्थ्य कार्यालय ललितपुर, प्रोत्साहन ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर र ध्रुवतारा बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सहकार्य रहेको छ।
धेरै पढिएका
- १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर
- २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै
- ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब
- ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी
- ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण
तपाईको प्रतिक्रिया दिनुहोस