२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि

एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि


काठमाडौं- नेपाल मेडिकल काउन्सिल(एनएमसी)ले स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको छ। काउन्सिलले शुक्रबार एक सूचना जारी गरी बढ्दै गैरहेको कोभिड-१९को जोखिमलाई मध्यनजर गर्दै १४ र १५ माघमा लिन लागेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरिएको जनाएको हो।

सूचनाअनुसार काउन्सिलका कर्मचारी र पदाधिकारी संक्रमण पुष्टि भएको र नेपाल सरकारको परिपत्र अनुसार तोकिएको समयमा सम्पन्न गर्न कठिनाइ भएकोले प्राप्त आवेदनहरू कायमै राखि अर्को सूचना नभएसम्मका लागि सो परीक्षा स्थगित गरिएको हो।

परीक्षाको मिति तय गरिसकेपछि आवेदनको अन्तिम मिति तोकिने पनि काउन्सिलले जनाएको छ।

सूचना:


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ