२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगयोग आसनलाई जीवनको हिस्सा बनाउन चाहनुहुन्छ? यी आसनहरुसँगै गर्नुहोस् सुरुवात

योग आसनलाई जीवनको हिस्सा बनाउन चाहनुहुन्छ? यी आसनहरुसँगै गर्नुहोस् सुरुवात


विभिन्न प्रकारका स्वास्थ्य लाभहरूको लागि योगासन अभ्यास गर्ने गरिन्छ । पछिल्ला वर्षहरूमा योगको लोकप्रियता द्रुत रूपमा बढिरहेको छ।

जुनसुकै उमेरका मानिसले योग अभ्यास गर्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । यो सुरु गर्न कुनै उमेरसिमा तोकिएको छैन। यदि तपाईं योग सुरु गर्ने सोचमा हुनुहुन्छ भने धेरै ढिलो भएको छैन। केहि हल्कास्तर योग अभ्यासबाट योग सुरु गर्न सकिन्छ। कुन-कुन योगासनबाट योग सुरु गरेर सबै प्रकारका स्वास्थ्य लाभहरू प्राप्त गर्न सकिन्छ। जानौं।

सूर्य नमस्कार योग अभ्यास

सूर्य नमस्कार योग

यदि तपाईं योगलाई आफ्नो जीवनशैलीमा समावेश गर्ने सोचमा हुनुहुन्छ भने त्यसको सुरुवात सूर्यनमस्कार योगबाट गर्न सकिन्छ। सूर्यनमस्कार योगको अभ्यासले तपाईलाई शारीरिक र मानसिक स्वास्थ्य दुवै कायम राख्न लाभदायक हुन सक्छ। यस योगको अभ्यासले शरीरको लचकता बढाउनुका साथै रक्तसञ्चार सुधार गर्न पनि फाइदाजनक मानिन्छ ।

बालासन योग अभ्यास

बालासन योग

बालासन योगको अभ्यासलाई सामान्यतया सजिलो मानिन्छ र यसका धेरै स्वास्थ्य लाभहरू छन्। यो आसनले पिठ, हिप र हातको मांसपेशीहरूलाई फैलाउनुको साथै स्नायु प्रणालीलाई आराम दिन धेरै लाभदायक मानिन्छ। गहिरो श्वास फेर्ने अभ्याससँगै बालासन योग अभ्यासले तपाईको दिमागलाई शान्त पार्न, चिन्ता र थकान कम गर्न मद्दत गर्दछ।

वृक्षासन योग अभ्यास

वृक्षासन योग

वृक्षासन योग वा ट्री पोजले शरीरको सन्तुलनमा सुधार गर्नका साथै हिप वरपरका मांसपेशीहरू फैलाउनका लागि धेरै लाभदायक मानिन्छ। यो योग अभ्यासले कम्मर, तिघ्रा, नितम्ब र पेलेभिक  अंगहरूलाई स्थिरता प्रदान गर्न मद्दत गर्नुका साथै कोरलाई बलियो बनाउँछ।

योगको सुरुवाती दिनमा यी अभ्यासहरू गर्नु निकै फाइदाजनक मानिन्छ।

-एजेन्सी


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ