२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापनाको तयारी

बुटवलमा प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापनाको तयारी


बुटवल—बुटवल उपमहानगरपालिकाले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

कम्तिमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने र एक सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । बुटवलमा खोप लगाउन छुटेका नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल खोपको व्यवस्था गरिने उनको भनाइ छ ।

बुटवल क्षेत्रमा स्थायी रुपमा बसोवास गर्ने सबै १८ वर्षमाथिका नागरिकहरुलाई खोप दिइएको उनको दावी छ । बुटवल उपमहानगर क्षेत्रमा अधिकांश भाडामा बस्नेहरु रहेको क्षेत्र भएकाले छुटेका हुन सक्ने नगरपालिकाको अनुमान छ ।

अस्थायी रुपमा बसोवास गर्नेहरुका लागि पनि सूचना आएमा खोप उपलव्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउँछन् । ‘हामी निरन्तर खोप अभियानमै छौँ । अझै पनि कतै छुट हुन सक्छ । खबर पाएमा हामी तुरुन्त खोपको व्यवस्था गर्छौं’ उनले भने । बुटवल उपमहानगरले महानगरका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसकिएको दावी गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ