मुटुलाई स्वस्थ राख्नुको अर्थ यो होइन्, कि वर्गर, फ्रेन्च फ्राई वा कोल्ड ड्रिक्ससँग दूरी बनाउनुपर्छ । यो ध्यान दिन जरुरी छ कि यस्ता चीजहरु नियमित खानपान सामेल गर्नुहुँदैन ।
यो भनाइ अमेरिकन हर्ट एशोसिएसनका पूर्व प्रमुख डा. रोबर्ट एकेलको हो । एशोसिएसनले हालै मुटुलाई स्वस्थ राख्ने खानपानबारे एक गाइडलाइन जारी गरेको छ । मुख्य लेखक डा. एलिस एच लिकटेन्स्टाइनले यो नखानु भन्दैं मानिसहरुमाथि दबाब सिर्जना गर्नुको साटो हामीले आफ्नो मुटुलाई स्वस्थ राख्ने खानपानलाई बढावा दिन जरुरी छ ।
हप्तामा १५० मिनेट वर्कआउट
जीवनभर तौल सन्तुलनमा राख्नाले मुटुको जोखिम कम हुन सक्छ । हप्तामा १५० मिनेट वर्कआउट, उर्जा सन्तुलन सही राख्छ । उमेरको हर दशकमा उर्जाको आवश्यकता ७०—१०० क्यालोरीसम्म घट्छ । यसकारण डाइटको नियमित ट्रेकिङ आवश्यक छ ।
हरियो रंगका फल र तरकारी खानुहोस्
विविधतापूर्ण फल—तरकारी खानुपर्छ, यसबाट फाइटोकेमिकल्स बढी मिल्छ । यो गम्भीर बिरामीलाई रोक्न सहयोगी हुन्छ । गाढा रंगवाला फल र तरकारीमा पोषकतत्व बढी हुन्छ । जुसको सट्टा पूरै खादा बढी फाइबर प्राप्त हुन्छ ।
परिस्कृतको सट्टा सम्पूर्ण अन्न
रिफाइन गरिएको अन्नमा पोषक तत्वलाई हटाइएको हुन्छ । यसकारण सम्पूर्ण रुपमा पूर्ण अन्नलाई प्राथमिकतामा राख्नुपर्छ । सम्पूर्ण अन्नमा छाला, एन्डोस्पर्म र आन्तरिक बिउ तीन तह हुन्छ । यसकारण यसमा पोषक तत्व भरपूर मात्रामा हुन्छ । कयौ अनुसन्धानहरुमा यो कुरा सावित भइसकेको छ कि पूर्ण अनाज खानाले मुटुलाई जोखिम हुने कारक नियन्त्रणमा सहयोग हुन्छ ।
प्रोटिनको स्वस्थ स्रोत चुन्नुहोस्
प्रोटिनको आवश्यकता पूरा गर्नका लागि गेडागुडी, नट्सहरु, सोयाबिन, दात, चना र मटरको सेवन गर्नुपर्छ । यिनीहरु प्रोटिनका साथै फाइबरका पनि राम्रा स्रोत हुन् । कम फ्याट भएका र फ्याट फ्री डेरी उत्पादनहरु चुन्नुहोस् यसबाट तौल र मोटपन बढाउनबाट रोक्न सहयोग मिल्नेछ ।
नरिवल र पामजस्ता तेल कम खानुहोस्
विशेषज्ञहरु यो मान्छन् कि पोली अनस्याच्युरेटेड तेल राम्रो हुन्छ । यसमा सोयाबिन, सनफ्लावर, अलसीलगायतको तेल समाबेस हुन्छ । यसले कार्डियोभास्कुलर खतराको ३० प्रतिशतसम्म घटाउँछ । जबकी नरिवल, पातजस्ता ट्रोपिकल तेलहरुले एचडिएल र एलडीएल कोलेस्ट्रोल दुवैमा वृद्धि गर्छन् । त्यसकारण यस्ता फ्याटहरु खानबाट बच्नुपर्छ ।
अतिरिक्त चिनी र नुनबाट बच्नुहोस्
ती वस्तु र पेयबाट बच्नुहोस्, जसमा अतिरिक्त सुगर हुन्छ । यसबाट डाइबटिज, मुटुको बिरामीको खतरा बढ्छ । नुन (सोडियम क्लोराइड)को उच्च रक्तचापसँग सिधा सम्बन्ध छ । यसको कम सेवन गर्नाले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ ।
यसका अलावा विशेषज्ञ यो मान्छन् कि डाक्टरले बिरामीसँग यस विषयमा पाँच मिनेट अवश्य कुरा गर्नुपर्छ कि फलफूल, तरकारी र पूर्ण अनाज उनीहरु कति मात्रामा खान्छन् वा उनीहरुलाई यसको फाइदाका बारेमा कति थाहा छ ।
दैनिक भाष्करबाट भावानुवाद