२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीलाई मनोद्धिपक र कर सम्बन्धी तालिम

औषधी व्यवसायीलाई मनोद्धिपक र कर सम्बन्धी तालिम


विराटनगर–नेपाल औषधी व्यवसायी संघ मोरङले लागू तथा मनोद्धिपक औषधीहरु र कर सम्बन्धि अभिमुखीकरण तालिम आयोजना गरेको छ । मोरङको उर्लाबारीमा बुधबार संघमा आवद्ध भएका सदस्यहरूको लागि उक्त अभिमुखीकरण तालिम आयोजना गरेको हो ।

अभिमुखीकरणमा कर सम्बन्धी प्रशिक्षण आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत विमल पौडेलले सहजीकरण गरेका थिए । औषधीको विषयमा नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा आन्तरिक रास्जव कार्यालय विराटनगरका प्रमुख सुर्य पोखरेल, इलका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का उपस्थिती रहेको थियो । अभिमुखीकरण तालिममा ५० जना औषधी व्यवसायीहरुको उपस्थित रहेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार यस्तो अभिमुखीकरण कार्यक्रम विराटचौक, रंगेली र विराटनगरमा पनि हुनेछ ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा यो कार्यक्रम भएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ