काठमाडौं—बालबालिकालाई दिइने बिसिजी खोप कभरेजमा बागमती प्रदेश पछाडी रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको खोप कभरेज सम्बन्धि वार्षिक तथ्यांकले अन्य प्रदेशभन्दा बागमती प्रदेश बिसिजी खोप कभरेज कम रहेको देखाएको हो।
देशव्यापी रुपमा ८७.३ प्रतिशत शिशुमा मात्र बिसिजी खोप पुगेको तथ्यांक छ। तथ्यांकअनुसार पहुँच भएको र सबैभन्दा विकसित बागमती प्रदेशमा जम्मा ७१.१ प्रतिशत मात्रैले खोप प्राप्त गरेका छन्। यो दर सबैभन्दा न्यून हो।
त्यस्तै, प्रदेश १ मा ७१.४ प्रतिशत र गण्डकी प्रदेशमा ७१.५ प्रतिशतले खोप पाएका छन्। तर, यता सरकारको पहुँचबाट टाढा रहेका प्रदेशहरुमा भने बिसिजी खोप लगाउने दर शतप्रतिशत देखिएको छ। प्रदेश २ कर्णालीमा शतप्रतिशत बालबालिकालाई खोप पु¥याएको देखिएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ८८.५ प्रतिशत र लुम्बिनी प्रदेशमा ९३.५ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन्। दिगो विकास लक्ष्यअनुसार २०२२ सम्ममा ९३ प्रतिशत पुग्नुपर्ने र सन् २०२२ सम्ममा ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएपनि अझै बिसिजी खोप कार्यक्रम पुग्न त्यहाँसम्म पुग्ने अवस्था छैन ।
ग्रामिण भागसँगै सहरी भेगमा पनि यसरी खोप छुटिरहने हो भने खोप नपाएकै कारण बालबालिकाको ज्यान जाने सम्भावना उच्च देखिन्छ। हरेक महिना नेपालमा खोप छुटाएकै कारण ६७० केटाकेटीको ज्यान जानसक्ने अनुमान युनिसेफको छ।