वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए

काठमाडौं—मुलुककै जेठो वीर अस्पतालमा विभिन्न समूहमा ७ सय ७७ दरबन्दी थपिएका छन् । मन्त्रिपरिषद्बाट ८ सय ३१ दरबन्दी पास भएतापनि स्वास्थ्य सेवा ऐन तथा नियमावली र कर्मचारी प्रशासन ऐनसँग नमिल्ने भन्दैं ७ सय ७७ दरबन्दीमात्रै किताबखानाले दर्ता गरेको हो ।
वीर अस्पतालबाट प्रस्ताव आएर मन्त्रालय हुँदैं क्याबिनेटबाट पास भएको ८ सय ३१ जनाको दरबन्दीमध्ये सेवा समूह नमिलेका कारण ७ सय ७७ दरबन्दी मात्रै किताबखानामा दर्ता भएर आएको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखामा उपसचिव बाबुराम घिमिरेले बताए ।
५४ जनाको दरबन्दी समूह नमिलेर किताबखानामा दर्ता हुन सकेको छैन् । सबैभन्दा बढी नर्सिङ कर्मचारीको दरबन्दी थप भएको छ । जसमा ११ औं तहको नर्सिङ प्रशासक १ जना, ९/१० औं तहको २ जना, ७/८ औं तहको १९ जना र ५/६/७ औं तहको ५६६ जनाको दरबन्दी थप भएको छ ।
त्यसैगरी, १२ तहको प्रमुख विशेषज्ञ एक जना, सहसचिव १ जना, ११ तहका प्रमुख कन्सल्ट्यान्ट ८ जनाको दरबन्दी थपिएको छ । मन्त्रिपरिषद्ले पास गरेको थप ३ जना प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक स्पाइन सर्जरी, थोरासिक सर्जरी र ग्यास्ट्रो इन्टरोलोजीको दरबन्दी समूह नमिलेका कारण किताबखानामा दर्ता हुन सकेन् ।
यस्तै, मेडिकल अधिकृत ५० जनाको थप दरबन्दी दर्ता भएको छ ।
ट्याग : #नयाँ दरबन्दी थप, #वीर अस्पताल
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित)
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस