२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीद्वारा कर्णालीमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न माग

डा. गोविन्द केसीद्वारा कर्णालीमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न माग


काठमाडौं—प्रा.डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा प्रभाव नपर्ने सुनिश्चितता गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्तरी जारी गर्दै डा. केसीले कर्णाली प्रतिष्ठानमा सिर्जना भएको पदाधिकारी विवादबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै शैक्षिक कार्यक्रम सञ्चालनमा प्रभाव नपर्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका हुन् ।

पदाधिकारी नियुक्त गर्दा पारदर्शी र निर्विवाद रुपमा योग्य र बरिष्ठ व्यक्तिलाई नियुक्त गर्नुपर्ने भन्दै डा. केसीले संस्थाको स्वायत्ततामा सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

जुम्लास्थित उच्च हिमाली इलाकामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि महत्कांक्षी मानिएको एमबीबीएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रमहरुको पठन—पाठन सुरु हुँदैछ ।

१९ मंसिरदेखि एमबीबीएस कक्षा सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कामकाज नगर्न निर्देशन दिएपछि विवाद सिर्जना भएको थियो । जसका कारण त्यहाँको एमबीबीएसलगायतका कार्यक्रम अन्योलमा पर्ने आशंका पैदा भएको थियो ।

तर, मन्त्री खतिवडाको उक्त निर्णय विरुद्ध प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित कर्णालीका पदाधिकारी अदालत गएका थिए । पाटन उच्च अदालतले उक्त मुद्धामा पदाधिकारीलाई कामकाज गर्न नदिने मन्त्रीको निर्णय कार्यन्वय नगर्न अन्तरिम आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ