२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा घरपालुवा कुकुरमा कोभिड-१९पुष्टि

बेलायतमा घरपालुवा कुकुरमा कोभिड-१९पुष्टि


बेलायतमा एक घर पालुवा कुकुरमा कोभिड-१९ पुष्टि भएको छ। बेलायतका पशु चिकित्सकले संक्रमण पुष्टि गरेका हुन्।

यसअघि विश्वमा अन्य जनावरमा पनि कोभिड-१९ पुष्टि भएको थियो।

मुख्य पशु चिकित्सा अधिकारीका अनुसार ३ नोभेम्बरको भेयब्रिजमा पशु र पादप स्वास्थ्य एजेन्सी प्रयोगशालामा परीक्षणपछि संक्रमण पुष्टि भएको हो। अहिले सो कुकुर घरमै सुधार हुँदै छ।

कुकुरलाई संक्रमण देखिनु अघि उसको मालिकलाई पनि संक्रमण भएको थियो। मालिकबाट कुकुरलाई कोभिड सरेको हो भन्ने कुराको भने कुनै प्रमाण देखिसकेको छैन।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ