गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ यौन सम्पर्कबाट समेत सर्ने जीका भाइरसबाट कसरी बच्ने ? यौन सम्पर्कबाट समेत सर्ने जीका भाइरसबाट कसरी बच्ने ? डा शेरबहादुर पुन संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल सोमबार, २०७८ कात्तिक २२ गते, १६:२३ मा प्रकाशित जीका भाइरसको चर्चा विशेष गरेर सन् २०१५ मा ब्राजिलमा फैलिएपछि जन्मिएका बालबालिकाहरुमा स्नायुसँग सम्बन्धित खास गरी टाउको आकार सानो हुने ‘माइक्रोकेफाली’को समस्या देखिएपछि भएको हो। विश्व स्वास्थ संगठनले पनि सन् २०१६ मा जीका भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेनसी अफ इन्टरनेसनल कन्सर्न’ घोषणा गरेको थियो। यो दक्षिण अमेरिकी महादेश हुँदै विश्वभरी फैलिएको थियो । सन् २०१७ मा भारतको गुजरात राज्यमा ३ जनामा जीका भाइरसको संक्रमण देखिएको थियो भने सन् २०१८ सम्ममा मध्ये प्रदेश र राजस्थानसम्म फैलिएको थियो। तीन वर्षपछि सन् २०२१ को जुलाई महिनामा जीका भाइरसले भारतमा फेरि कमब्याक गरेको देखिन्छ। भारतको केरला राज्यमा देखिएको जीका भाइरस अक्टोबर महिनाको अन्तसम्म आइपुग्दा नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशसम्म आइपुगेको छ । भारतीय संचार मध्यमहरुका अनुसार सो राज्यमा हालसम्म झन्डै सयको हाराहारीमा संक्रमण पुष्टि भैसकेको छ। जीका भाइरस मुख्यतयाः एडीस जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले डेंगु तथा चिकुनगुनियाजस्ता भाइरसहरु पनि सार्ने गर्दछ। यी दुवै भाइरसहरु र यसलाई सार्ने एडीस जातका लामखुट्टे नेपालमा देखिसकेका छन्। हाल डेंगु काठमाडौंमा देखिदै आइरहेको छ भने चिकुनगुनिया भाइरसको परीक्षण नै नहुने भएकोले यसको अवस्थाको बारेमा भने अज्ञात नै छ। जीका भाइरस आधिकारिक रुपमा नेपालमा पुष्टि भने भैसकेको छैन। हाल यसको विशेष औषधी र खोप उपलब्ध नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै जीकाबाट बच्ने मुख्य उपाय हो । तर, संक्रमितबाट स्वस्थ मानिसमा सर्ने क्रमले निरन्तरता पाउनु भने चिन्ताको विषय हो।संक्रमितबाट सर्न सक्ने विभिन्न माध्यमहरुमध्ये यौन सम्पर्क पनि एक मानिन्छ। संक्रमित लक्षणबिहिन अवस्थामा भएपनि यौन सम्पर्क गर्दा संक्रमण सर्न सक्ने अनुसन्धानहरुले देखाएका छन् । के गर्ने/नगर्ने ? १) यदि पुरुष/श्रीमान जीका भाइरस फैलिएको ठाउँबाट फर्केको हो भने यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने अथवा ३ महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन्। २) यदि स्त्री/श्रीमती जीका भाइरस फैलिएको ठाउँबाट फर्केको हो भने यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने अथवा २ महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन्। ३) यदि स्त्री/पुरुष नै जीका भाइरस फैलिएको ठाउँमा रहने गरेको वा पुगेको हो र स्त्री/श्रीमती गर्भवती भएको छ भने यौन सम्पर्क गर्नु हुँदैन र गर्ने भए अनिवार्य कण्डमको प्रयोग गर्नु पर्दछ। जीका भाइरस संक्रमणमा कस्ता लक्षणहरु देखिन्छन्? धेरैमा लक्षण नै देखिदैन र देखिएकामा पनि लक्षणहरु सामान्य खालका हुन्छन। १) ज्वरो आउनु २) शरीरमा बिबिरा देखिनु ३) आँखा रातो हुनु ४) मांशपेशीका दुख्नु ५) टाउको दुख्नु ६) जोर्नी दुख्नु जो कोही जीका भाइरस फैलिरहेको स्थानमा पुगेर माथि उल्लेखित लक्षणहरु देखा पर्न थाले जीका भाइरसको शंका गर्न सकिन्छ। यस्तो अवस्थामा यौन सम्पर्क विशेषत गर्भवती स्त्री/महिलासँग गर्नु हुँदैन्। परिक्षण गरेर जीका भाइरस छ/छैन भनेर पुष्टि गर्नुपर्दछ। तर नेपालमा केही वर्ष अगाडि डेंगु र चिकुनगुनिया भाइरससँगै जीकाको पनि परीक्षण हुने गर्दथ्यो । तर, हाल यसको परीक्षण स्थगन भैसकेको छ। नेपालको सीमामै जीका भाइरस थुप्रिने /तीब्र गतिमा फैलदै गरेको र खुल्ला सीमाको (हवाई मार्गबाट पनि मानिसको प्रशस्त आवतजावत हुने) कारणले नेपालमा कुनै पनि समयमा जीका भाइरस पुष्टि भए लेखक आश्चर्य चकित भने हुने छैन । यो भाइरस मुख्यतयाः लामखुट्टेबाट सर्ने भएतापनि पछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा यौन सम्पर्कको मध्यमबाट पनि सर्न सक्दछ भन्नेमा सबैले सतर्कता अपनाउनु/ हेक्का राख्न भने बिर्सिनु हुँदैन्। क्याटेगोरी : अन्तर्वार्ता / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार एग फ्रिजिङः प्रजनन संरक्षणका लागि आधुनिक दृष्टिकोण सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार मिर्गौला लिएको बदला, एक गोठालो यात्रा मोटोपन, उच्च रक्तचाप, मधुमेह र जण्डिसबारेका भ्रम र यथार्थ धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ?